+
+
Shares
स्थलगत :

कस्तो छ दाङ र बाँके आसपास चुनावी हाल, हेर्नुहोस् यी भिडियो र स्टोरीमा

अनलाइनखबरको टिमले फागुन दोस्रो साता पश्चिम तराईका विभिन्न गाउँ-सहर घुम्दै जाँदा यो नवयुवा उभार र उत्पातले सिर्जना गरेका परिणामको सूक्ष्म अवलोकन गर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते २२:२९

१८ फागुन, काठमाडौं । आम चुनावका लागि मतदाताको मुड बुझ्ने क्रममा पछिल्लो साता अनलाइनखबरको टिमले लुम्बिनी प्रदेशका दाङ/बाँकेका विभिन्न ठाउँमा भ्रमण गर्‍यो ।

यो चुनावको पृष्ठभूमिमा छ, जेनजी विद्रोह ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले–कांग्रेसको संयुक्त सरकारविरुद्ध जेनजी नवयुवाले भदौमा विद्रोह घोषणा गरेका थिए ।

२३ भदौको युवा उभार राज्य पक्षले मच्चाएको नरसंहारमा बदलियो । भोलिपल्ट २४ भदौमा त्यसको आक्रामक प्रतिवाद अन्ततः राष्ट्रिय उत्पातमा बदलियो ।

नेपालगन्ज मात्रै होइन, बाँके, बर्दिया, दाङ, सुर्खेतलगायतका सहर त्यो उभार र उत्पात दुवैको साक्षी बस्न पुगे ।

सालिकप्रतिको नागरिक अविश्वास सत्ताप्रति आम आक्रोशको विम्ब हो, जहाँ सरकारी भवनसहित विभिन्न आगजनी, लुटपाट, तोडफोड आदिले प्रश्रय पाउँदा बचाउन कुनै सुरक्षा निकाय कर्तव्य सम्पादनका लागि दृश्यमा आएन ।

अनलाइनखबरको टिमले फागुन दोस्रो साता पश्चिम तराईका विभिन्न गाउँ-सहर घुम्दै जाँदा यो नवयुवा उभार र उत्पातले सिर्जना गरेका परिणामको सूक्ष्म अवलोकन गर्‍यो ।

पूर्व र अन्यत्रजस्तै आवेग देखिन्छ, पश्चिम तराईमा पनि । यहाँका मतदाता यसपालि लामो समय पर्खने धैर्यमा देखिँदैनन् । जनताको जीवनमा देखिने गरी तुरुन्तै परिवर्तनको तीव्र आकांक्षा यसपालिको चुनावमा मतमार्फत पोखिने धेरैजसो मतदाताको भनाइ छ ।

भ्रमण क्रममा हामीले केही लामा रिपोर्टिङ गरेका छौँ । खासगरी थारु क्लस्टरलक्षित रिपोर्टिङ थारुहरू भोट बैंक होइन, नेता बन्न चाहन्छन् नामक रिपोर्टिङ तिनैमध्ये एक थियो ।

थारुहरूकै सन्दर्भमा दाङका यी महिलाहरूसँग गरेको यो भिडियो कुराकानीले तपाईंलाई कसरी उम्मेदवारले चुुनावी एजेन्डा बनाउनुपर्छ भन्नेबारे झक्झक्याउँछ ।

मुस्लिमहरूको सन्दर्भमा हामीले लेख्यौँ : अरुलाई चाहिएको छ सुशासन र विकास, मुस्लिमलाई शान्ति सुरक्षा । बसन्त बस्नेत र कृष्ण अधिकारीले गरेको यो रिपोर्टिङमा मुस्लिमहरु कसरी अहिले पनि पूरानै एजेन्डा टिपिरहेका छन्, जसलाई देखाएर दलहरू आफ्नो चुनावी फाइदा उठाइरहेछन् भन्ने उल्लेख छ ।

बाँकेका मानवअधिकारवादी तथा नागरिक अगुवा प्रकाश उपाध्यायले चुनावी आकलन गरेका छन् ।

अनि अनलाइनखबर टीमले नेपालगन्जका पत्रकार झलक गैरेसहित एउटा छलफल पनि आयोजना गर्‍यो ।

यसै क्रममा कोहलपुर लगायत ठाउँमा गरेका कुराकानी यहाँ स्मरणयोग्य छन् । पहिलेका स्थापित दलहरुको ठाउँमा रास्वपा नागरिक उन्मुक्ति पार्टी अनि उज्यालो नेपाल जस्ता दलहरुको समेत परिचर्चा छ । यी भिडियो तथा टेक्स्ट पढ्दा स्पष्ट हुन्छ ।

माओवादीको आधार क्षेत्र मानिने मध्यपश्चिममा कसरी त्यो वर्चस्व गुम्दो क्रममा छ, भन्नेबारे आभास बुढाथोकीसँग मिलेर गरेको रिपोर्टिङले धेरै बताउँछ । युद्धक्षेत्रका माओवादी अहिले साँचो अर्थमा राजनीतिक औचित्य र अस्तित्वको संघर्षमा छन् ।

त्यस्तै संघर्ष चलिरहेको छ मधेसवादी शक्तिहरूको । विगतमा संघीयताको एजेन्डा उठाउने उनीहरू अहिले कसरी आफ्नै राजनीतिक सुरक्षा खोजिरहेका छन् भन्ने रिपोर्टिङ यसमा पढ्न सकिन्छ ।

बाँके र दाङमा हामीले चुनावी आकलन पनि गरेका छौँ । ५० वर्ष पुरानो अखबार दैनिक नयाँ युगबोधकी सम्पादक लक्ष्मी आचार्यसँगको छलफल यहाँ सुन्न सकिन्छ ।

साथै जेनजी युवाहरुको ध्यान पनि हामीले खिचेका छौं, चुनावतर्फ । विभिन्न दल र समूहमा रहेका जेनजी अनि केही स्वतन्त्र युवाहरूको विश्लेषण सहित एउटा भिडियो बहस भएको छ ।

साथै दाङ २ का तीन उम्मेदवारको विचार जान्न यी अन्तर्वार्ता पछ्याउन सक्नुहुन्छ ।

एमाले उम्मेदवार शंकर पोखरेलसँग

रास्वपा उम्मेदवार विपिन आचार्यसँग

कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरेसँग

बाँकेकी प्रलोपा उम्मेदवार कृष्णा केसी ‘नमुना’, अनि रास्वपा उम्मेदवार खगेन्द्र सुनारका विचार पनि यहाँ समावेश छन् ।

अरु पनि थुप्रै सामग्री हेर्न पढ्न अनलाइनखबरमा जानुहोस् । साथै हाम्रो इलेक्सन साइटमा तपाईंले उम्मेदवार प्रोफाइल, हटसिट लगायत सामग्री पाउनुहुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?