+
+
Shares

थाइल्यान्डमा फेब्रुअरी–८ मा आम चुनाव

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डमा आगामी फेब्रुअरी–८ मा आम चुनाव हुने मिति थाइ निर्वाचन आयोगले सोमबार तय गरेको छ।
  • निर्वाचन आयोगले चुनावका लागि दलहरूले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका उम्मेदवारहरूको नाम सुचिकृत गर्नु पर्ने जनाएको छ।
  • थाइल्यान्ड र कम्बोडियाबिच सीमा विवादमा यस महिना जारी सैन्य झडपमा कम्तिमा ३१ जनाको मृत्यु र करिब आठ लाख विस्थापित भएका छन्।

२९ मंसिर, बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी–८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ ।

चुनावका लागि दलहरूले यस वर्षको अन्त्य अघि प्रधानमन्त्रीका लागि आफ्ना उम्मेदवारहरूको नाम सुचिकृत गर्नु पर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले परिस्कृत निर्वाचन विवरणको मस्यौदा तयार पारी प्रक्रिया पुरा गरेर सन् २०२६ फेब्रुअरी–८ आइतबार चुनाव गराउने सहमति जुटाएको आयोगले एक विज्ञप्ति मार्फत् जनाएको छ ।

चुनावको लागि अग्रिम मतदान फेब्रुअरी – १ मा हुने जनाइएको छ ।

रूढिवादी भूमजाइथाई पार्टीका प्रधानमन्त्री अनुतीन चार्नविराकुलले सेप्टेम्बरमा आफ्नन पूर्ववर्तीलाई नैतिकता उल्लङ्घनका कारण हटाइए पछि पदभार ग्रहण गरेका थिए ।

उनले शुक्रबार संसद विघटन गरी राष्ट्रिय चुनावको लागि मार्ग प्रशस्त गर्नु भएको छ भने जुन थाई कानुन अन्तर्गत विघटन पछि ४५ देखि ६० दिनको बीचमा चुनाव हुने व्यवस्था छ ।

यो कदम थाइल्यान्ड र कम्बोडियाबिचको दशकौं लामो सीमा विवादबाट उत्पन्न भएको द्वन्द्वको रूपमा आएको छ, यस महिना जारी सैन्य झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने करिब आठ लाख विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?