+
+
Shares

बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १९:१०

२८ चैत, काठमाडौं । बाँकेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–१५ अकलघरूवास्थित सडकमा भे.१ ख ३२३२ नम्बरको टिपरले क.प्र.०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार जाजरकोट छेडागाड गाउँपालिका–५ बस्ने ५७ वर्षीया देबीसरा रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको संजिवनी कलेज अफ मेडिकल साईन्स प्रालि नेपालगंजमा उपचार भइरहेको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?