+
+
Shares

तलब भत्ता विपन्नका छोराछोरीलाई दिने दाङ-२ का कांग्रेस उम्मेदवार घिमिरेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते २१:२८

११ फागुन, दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपश्चात सरकारबाट प्राप्त हुने तलब–भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।

बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई शिक्षासम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका हुन् ।

‘राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,’ उनले भने, ‘म निर्वाचित भएमा पाउने तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लगानी गर्नेछु ।’

उनले शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जनाए ।

घिमिरेले दाङ–२ मा शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?