११ फागुन, मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म-संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् ।
नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक समाजको देश भएको बताउँदै कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए । ‘धर्म, संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी छ,’ उनले भने, ‘धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुन्छ । यसर्थ कांग्रेसले चुनाव जित्नु जरुरी छ ।’
प्रतिक्रिया 4