+
+
Shares

ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते ७:१६

२२ पुस, काठमाडौं । बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडिको सडकमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले सोमबार अपराह्न सवा चार बजेतिर ठक्कर दिएको थियो ।

उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चार बजेर ३८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

ट्राफिक प्रहरीलाई ठक्कर दिने कारका चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको सूचना अधिकारी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?