+
+
Shares

हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण

बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महालक्ष्मी नगरपालिका–४ की लिला बराइलीको हराएको सुनको गरगहना र नगद रकम ट्राफिक प्रहरीले फेला पारी फिर्ता गरेको छ।
  • बराइलीले असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन विमानस्थलसम्म यात्रा गर्दा झोलाभित्रको सामान हराएको निवेदन दिएका थिए।
  • ट्राफिक प्रहरीले भाडाकार चालकको साथबाट झोला फेला पारी सुरक्षित रूपमा बराइलीलाई हस्तान्तरण गरेको छ।

१४ असोज, काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने लिला बराइलीको हराएको गरगहना तथा नगद रकम ट्राफिक प्रहरीले फेला पारेर फिर्ता गरेको छ ।

असोज १२ गते नरदेवी मन्दिरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्ने क्रममा बा २ ज ३१६६ नम्बरको भाडाकारमा बराइलीको झोलाभित्र रहेको सुनको गरगहना र नगद छुटेको थियो ।

बराइलीले सामान हराएको निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास गरी उक्त भाडाकार चालकको साथबाट झोला फेला पारी सुनको गरगहना तथा नगद रकम सुरक्षित रूपमा हस्तान्तरण गरेको हो ।

प्रहरीका अनुसार उक्त गाडीका चालकले पनि ट्राफिक प्रहरीको रोहबरमै सामान फिर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?