+
+
Shares

दाङ २ : प्रलोपा उम्मेदवार अधिकारीद्वारा नेकपा उम्मेदवार आचार्यलाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १०:२९

६ फागुन, दाङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दाङ क्षेत्र नम्बर २ का उम्मेदवार प्रतीक अधिकारीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेका छन् ।

आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले आफ्नो उम्मेदवारी निष्कृय बनाउँदै आचार्यलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

इन्जिनियर अधिकारी तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा थिए । माओवादी–एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेकपा बनेपछि अधिकारी प्रलोपामा लागेका थिए । उनले प्रलोपा छाडेर नेकपामा फर्किएको घोषणा समेत गरेका छन् ।

दुई दिनअघि मात्रै दाङ क्षेत्र नम्बर २ का आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर विकले पनि आफ्नो उम्मेदवारी निष्कृय बनाएर नेकपा उम्मेदवार आचार्यलाई समर्थन गरेको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?