Comments Add Comment

युएई एक्सचेञ्जबाट पैसा पठाउँदा अनिलले पाए १० हजार दिराम

युएई । युएईको फुजेरास्थित मसाफीमा एक सामान्य क्लिनिङ कम्पनीमा कार्यरत बिराटनगरका अनिलकुमार शर्माले १० हजार दिरामको पुरस्कार पाएका छन् । युएईको रेमिट्यान्स क्षेत्रमा सर्वाधिक शाखा भएको विस्वासिलो एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जबाट उनले नगद पुरस्कार पाएका हुन् ।

आफ्नो कमाइ सधैं युएई एक्सचेञ्जमार्फत नेपाल पठाउने शर्माले करिब ३ लाख ३० हजार रुपैयाँ बराबर पुरस्कार पाएका कारण उत्साहित बन्दै अन्य नेपालीहरुले पनि बढी पैसा पाउने लोभमा हुण्डी नगरी विस्वासिला एक्सचेञ्जमार्फत पैसा पठाउन सुझाव दिएका छन् । आफूले पाएको पुरस्कारबाट भविस्यको लागि बचत गर्ने योजना रहेको शर्माले बताए ।

युएईको एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जले आकर्षक विन्टर प्रमोसन सार्वजनिक गरेको छ । विन बिग नामको प्रमोसन अन्तर्गत युएई एक्सचेञ्जले आफ्ना ग्राहकहरुमध्ये हरेक दिन एक जनालाई १० हजार दिराम (तीन लाख १० हजार रुपैयाँ) र हरेक हप्ता एउटा बिएमडब्लु कार प्रदान गर्ने भएको छ ।

युएई एक्सचेञ्जबाट पैसा पठाउने जो कोही पनि यो उपहार योजनामा स्वत: सहभागी बन्ने युएई एक्सचेञ्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईले जानकारी दिएका छन् । प्रसाईका अनुसार युएई एक्सचेञ्जमा बिदेशी पैसा साटासाट गर्दा र १ हजार दिरामभन्दा बढीको नेसनल बोर्ड (बचतपत्र) खरिद गर्नेहरु पनि यो उपहार योजनामा सहभागी बन्न सक्नेछन् ।

यो योजना नोभेम्बर १७ देखि डिसेम्बर ३१ सम्म लागू हुनेछ । यो अबधिमा पर्ने ४५ दिनसम्म दिनको १० हजार दिरामका दरले ४५ जनाले जम्मा चार लाख पचास हजार दिराम (१ करोड ४० लाख रुपैयाँ) उपहार स्वरुप पाउने छन् भने यो अबधिका ६ हप्तामा हरेक हप्ता एउटा कारका दरले ६ वटा करोडौं मूल्यका बिएमडब्लु कारहरु ६ जनाले पाउन सक्नेछन् ।

यो उपहार योजनामा भाग लिनका लागि युएईमा रहेका सबै नागरिकहरुलाई युएई एक्सचेञ्जलाई रोज्न युएई एक्सचेञ्जका नेपाल मार्केटिङ प्रमुख प्रसाईले अनुरोध गर्दै आफ्नो भाग्यको परिक्षण गर्न सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment