Comments Add Comment

भैरहवालाई हराउँदै काठमाडौं प्ले अफमा

२९ मंसिर, काठमाडौं । भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट पि्रमियर लिग क्रिकेटको प्ले आफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहवाले लिएको १५० रनको लक्ष्य काठमाडौंले अन्तिम ५ बल खेल्नुअघि ३ विकेट गुमाएर भेट्टायो । उसका अमित श्रेष्ठले ५१, रोहत मुस्तफाले ३६ रन जोड्दा केभिन ओब्रायर ३३ रनमा अविजित रहे ।

यसअघि भैरहवाले रविइन्दर सिंहको अविजित ८६ रनको मदतमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । कप्तान शरद भेषावकरले ३९ रनको योगदान दिए ।

समूह चरणको अन्तिम खेल खेल्न बाँकी छँदाललितपुर प्याटि्रयर्स, भैरहवा ग्लार्डिटर्स र काठमाडौं किङ्ग्सको समान ६-६ अंक भएको छ र प्ले अफमा पुगेका छन् ।

प्ले अफमा पुग्ने अन्तिम टोलीको टुंगो भोलि लाग्नेछ । साविकको विजेता विराटनगर वारियर्सको ४, चितवन टाइगर्सको २ अंक छ भने पोखरा राइनोजले अंक जोडेको छैन ।

चितवनले अहिले पोखरासँग खेल्दैछ भने बिराटनगरले भोलि काठमाडौं किङ्ग्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment