Comments Add Comment

दीपशिखा र मौसमले एक अर्कालाई मिस गरे

चलचित्र ‘प्रेमलिला’मा समावेश दोश्रो गीत ‘मिस गरेँ’ सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य कलाकार नायिका दीपशिखा खड्का र नव–कलाकार मौसम खड्कालाई देखाइएको छ । यी दुइको रोमान्सलाई कोरियोग्राफर रामजी लामिछानेले अझै रोमान्टिक बनाउने कोशिश गरेका छन् ।

दुई देशका यूवा र यूवतीको प्रेमकथामा यो चलचित्र निर्माण भएको छ । सार्वजनिक गीतमा डाक्टर कृष्णहरि बरालको शब्द, हरि लम्सालको संगीत, यूवराज चौलागाइ र मेलिना राइको स्वर छ । सार्वजनिक भिडियोमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन छ ।

चलचित्रमा भारतीय मोडल अली खानको मुख्य भूमिका छ । नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको यो चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी छ । यो चलचित्र माघको २५ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment