Comments Add Comment

के आमिर खानले अभिनयलाई पूर्णविराम लगाउँदैछन् ?

आमिर खान यस्ता अभिनेता हुन्, जसले फिल्ममा आफ्नो चरित्रलाई हदैसम्म न्याय गर्छन् । त्यही कारण हरेक फिल्ममा आमिर खान आफु हावी हुँदैनन् । उनले जुन पात्रको भूमिका निर्वाह गर्छन्, त्यही पात्रमा आफुलाई दुरुस्त रुपान्तरण गर्छन् ।

त्यसो त आमिर खानकै आफ्नै स्टारडम छ । आमिर खानकै लागि दर्शकहरु हलमा ताँती लाग्छन् । यद्यपी उनले फिल्ममा आफुलाई भन्दा पात्रलाई बढी महत्व दिन्छन् । यसले गर्दा पनि उनी हरेक फिल्ममा भिन्न भिन्नै रुपरंगमा प्रस्तुत हुने गर्छन् ।

यसरी फिल्मको पात्रम आफुलाई रुपान्तरण गर्नका लागि आमिरले आफ्नै शरीरलाई कहिले भिमकाय बनाउँछन्, कहिले दुब्लो पातलो ।

फिल्मको चरित्रमा त्यती धेरै मेहनत गर्ने र जीवन्त अभिनय गर्ने आमिरले के अभिनय-कर्म पूर्णत त्याग्नेछन् ?

यो प्रश्न दर्शकका लागि एकदमै अप्रत्यासित लाग्न सक्छ । किनभने उनी बाँचेकै अभिनयले हो । उनलाई बचाएकै अभिनयले हो । त्यसैले अभिनयभन्दा टाढा उनको अस्तित्व कल्पना गर्न अलि कठिन होला ।

अर्कोतिर उनले हालैमात्र आफ्नो जन्मदिन मनाउने क्रममा नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उक्त फिल्म हलिउड फिल्म ‘फरेष्ट गम्प’को रिमेक हुनेछ । यसको रिमेक राइट्स खरिद गरिसकेका छन् । र, अबको केही समयपछि यो फिल्म फ्लोरमा जानेछ । ‘फरेष्ट गम्म’के हिन्दी संस्करण भने ‘लाल सिंह चड्डा’ हुनेछ ।

फरेष्ट गम्म २५ बर्षअघि प्रदर्शनमा आएको थियो, जसले ६ वटा विधामा ओस्कार अवार्ड जितेको थियो । फिल्म एक कमजोर वौद्धिक क्षमताको व्यक्तिमाथि केन्दि्रत छ, जो समयक्रमसँगै बद्लिन्छ र सवैको निम्ती उदाहरिणय बन्छन् ।

यस फिल्मका लागि आमिरले २० केजी तौल घटाउनेछन् । आफ्नो ५४ औं जन्मदिन मनाइरहँदा आमिरले भनेका थिए, ‘मैले तौल घटाउने काम अब सुरु गरिहाल्नेछु ।’

फिल्ममा आफुले गर्ने भूमिकाका लागि पूर्ण रुपले समर्पित हुने आमिरले अभिनय-कर्म त्याग्नेछन् त ? तत्काल त यो संभव भएन । तर, उनले कुनै दिन भने अभिनय कर्मलाई पूर्ण रुपमा विदा गर्ने जनाउ दिएका छन् ।

त्यसो भए के गर्छन् त उनी ?

उनका समकक्षी झै कुनै व्यापार व्यवसाय गर्नेछन् ? वा सामाजिक क्षेत्रमा आफुलाई समाहित गर्नेछन् ? कि नितान्त पारिवारिक जीवनमा र्फकनेछन् ?

होइन, उनी फिल्मी क्षेत्रबाट दायाँवायाँ लाग्नेछैनन् । तर, भूमिका चाहि परिवर्तन गर्नेछन् । र, जुन दिन उनले भूमिका परिवर्तन गर्नेछन्, त्यही दिनदेखि उनले अभिनय छाड्नेछन् ।

खासमा आमिर फिल्म निर्देशन एवं फिल्म मेकिङमा आउनेछन् । संभवत आफनो उमेर बढ्दै जाँदा उनलाई आफ्नो भूमिका परिवर्तन गर्नुपर्छ भन्ने बोध भएको हुनसक्छ । त्यसैले सधै हिरो भएर चम्किलो पर्दामा देखापर्ने भन्दा पनि पर्दा पछाडि रहेर आफ्नो शिल्पी खिप्नेछन् ।

आमिरले फिल्मी करियर अभिनयबाटै गरेका थिए । उनका काका एवं बुवा फिल्म निर्देशक तथा निर्माता हुन् । खासगरी उनका काकाले सानै उमेरदेखि आमिरलाई फिल्ममा तानेका हुन् । अभिनयबाट फिल्मी यात्रा तय गरेका आमिरले करियरको उत्तरार्द्धमा भने फिल्म मेकिङ र निर्देशनमा आफुलाई समर्पित गर्ने प्रष्ट संकेत दिएका छन् ।

‘म फिल्म मेकिङमा एकदमै आकषिर्त छु’ आमिरले भनेका छन्, ‘सुरुवात फिल्म अभिनयबाट गरेपनि पछिल्लो समय मलाई निर्देशनमा बढी चासो बढेको छ ।’

आमिरले यसअघि  ‘तारे जमिन पर’ निर्देशन पनि गरेको थिए । बालमनोविज्ञानमा आधारित यो फिल्म अत्याधिक लोकपि्रय पनि भयो । यसमा आमिर स्वयम्ले अभिनय पनि गरेका थिए । तर, अब भने त्यस्तो हुने छैन ।

आमिरले भनेका छन्, ‘फिल्म मेकिङ र अभिनय दुई अलग कुरा त होइन, तर म जुन दिन पूर्ण रुपले निर्देशक बन्नेछु, त्यस दिन अभिनय चाहि त्याग्नेछु ।’

अहिले भने आफुले अभिनय छाड्न नसकेको उनको भनाई छ । त्यही कारण आफुले निर्देशक बन्ने रहरलाई मनभित्रै दबाएर राखेको उनले बताएका छन् ।

आमिरले निर्माताको रुपमा पनि फिल्म बनाएका छन्, लगान, सीक्रेट सुपरस्टार, दंगाल, तलाश, दिल्ली बेली, पीपली लाइभ, धोबी घाट र जाने तु या जाने ना ।

आमिर निर्देशन एवं फिल्म मेकिङमा लाग्नुको एजेन्डा पैसा भने हुनेछैन । खासमा राम्रो स्त्रिmप्टलाई सपोर्ट गर्नका लागि उनले यस्तो भूमिकामा आफुलाई उपस्थित गराउने हुन् । आमिरले भनेका छन्, ‘मलाई थाहा छैन कि म कुन रफारमा फिल्म बनाउनेछु, सामान्यत मान्छेहरु आफ्नो प्रोडक्सन हाउसका लागि फिल्म बनाउँछन् किनभने उनीहरुलाई बिजनेस गर्नुछ । यो हाम्रो पहिलो एजेन्डा होइन । क्रिएटिभिटी हाम्रो पहिलो एजेन्डा हो । जबसम्म हामीलाई राम्रो स्क्रिप्ट मिल्दैन तबसम्म हामी फिल्म गर्नेछैनौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment