Comments Add Comment

प्रधानमन्त्रीको एकल निर्णयले सेना परिचालन सिफारिस गर्नसक्ने प्रस्तावमा कांग्रेसको आपत्ति

३ चैत, काठमाडौं । प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरी सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

यो विधेयक २९ फागुनमा प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ । जसको दफा ६ को उपदफा ३ मा ‘गम्भीर राष्ट्रिय संकट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार सिफारिस गर्न सक्नेछ’ भनिएको छ ।

यो संवैधानिक व्यवस्था विपरित भएको कांग्रेसको दाबी छ । संविधानको धारा २६७ को उपधारा ६ मा सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुने सक्ने प्रष्ट व्यवस्था गरिएको छ ।

‘संविधानको यो प्रष्ट व्यवस्थाको ठाडो उल्लंघन गरेर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक पनि छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

परिषद्लाई प्रधानमन्त्रीको लाचार छाँया बनाउने खोजिएको र शक्ति आफूमा केन्न्िद्रत गरेर अधिनायक बन्ने प्रधानमन्त्रीको आकांक्षालाई थप पुष्टि गरेको कांग्रेसको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment