Comments Add Comment

मुआब्जा निर्धारणको माग राख्दै आरुघाट बजार बन्द

४ चैत, गोरखा । मुआब्जा निर्धारणमा ढिलाइ भएको भन्दै बूढीगण्डकी जलविद्युत् आयोजना डुवान क्षेत्रका स्थानीयले आरुघाट बजार बन्द गराएका छन् । सरोकार समिति आरुघाटको अगुवाइमा स्थानीयहरुले सोमवार बजार बन्द गरेका हुन् ।

‘तीन वर्षअघि नै आरुघाटलगायत सबै डुवान क्षेत्रको जग्गा रोक्का गरियो, तर आरुघाट आर्खेतलगायतका केही बजारको अहिलेसम्म मुआब्जा निर्धारण गरिएको छैन,’ समितिका सदस्य कृष्ण नेपालीले भने, ‘चाडै मुआब्जा निर्धारण गर्नुप¥यो भन्ने हाम्रो माग हो ।’

मुआब्जा निर्धारणमा आयोजना प्रक्रियागत रुपमा अगाडि नबढेको समितिका अध्यक्ष जगन्नाथ खनालको आरोप छ । ‘जग्गाको मुआब्जा निर्धारण भएको छैन, तर घरगोठ, बोटविरुवा तथा फलफूलको तथ्यांक संकलन गर्न सुरु गरिसक्यो, यो उल्टो भयो,’ उनले भने ।

मुआब्जा निर्धारण गरेर मात्र तथ्यांक संकलनको काम हुनुपर्ने उनको भनाइ छ । आयोजनाले केही दिन अघिबाट डुवान क्षेत्रमा पर्ने घरगोठ, बोटविरुवा र फलफूलको तथ्यांक संकलन गरिरहेको छ । गोरखाको आरुघाट, आर्खेत र धादिङको विशालनगर खहरे बजार क्षेत्रको हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन ।

सांकेतिक विरोधस्वरुप बजार र यातायात क्षेत्र बन्द गरिएको खनालले बताए । शैक्षिक संस्था भने बन्द नरहेको उनले जानकारी दिए । तत्काल मुआब्जा निर्धारणका लागी दबाव दिन मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिकेसन आउने तयारीसमेत भइरहेको उनले जानकारी दिए । बन्दका कारण आरुघाट बजार ठप्प छ भने यातायातका कुनै पनि साधन चलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment