२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ को लागि डेढ अर्ब माथिको बजेट पारित गरेको हो ।
साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिए । पछिल्लो वर्षको पूर्वाधारको बजेट यस आर्थिक वर्ष थपिएकोले धेरै भएको प्रवक्ता शाहले जानकारी दिए ।
‘पछिल्लो वर्षको पूर्वाधारको बजेट यस वर्ष सिफ्ट भएको हो’ उनले भने । अघिल्लो वर्ष एन्फाको बजेट एक अर्ब ३१ करोडको हाराहारीमा रहेको शाहले जनाए ।
एन्फाले साधारण सभाबाटै वार्षिक क्यालेन्डर पनि पारित गरेको छ ।
प्रतिक्रिया 4