
६ वैशाख, काठमाडौं। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ ।
जसमाथि छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिको बैठक आह्वान भएको छ ।
समिति सचिवालयका अनुसार आगामी आइतबार बिहान समितिको बैठक बस्नेछ । समितिको बैठक सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बस्नेछ ।
निजामती सेवा विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।
संघीय निजामती सेवासम्बन्धी विधेयकमा साम्सदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन परेको छ । २०७५ सालमा प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।
प्रतिनिधि सभाको चालू कार्यकालमा समेत विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर सरोकारवालाहरुले प्रश्न गरिरहेका छन । यही बेला राज्य व्यवस्था समितिले बिधेयकको प्रतिवेदन तयार पारेको छ । जसमाथि छलफल गर्न आइतबार बैठक राखिएको छ ।
प्रतिक्रिया 4