+

पीएम कप एनभीए भलिबल लिग जेठ ८ देखि पोखरामा हुने

२०८२ वैशाख  २६ गते १६:०० २०८२ वैशाख २६ गते १६:००
पीएम कप एनभीए भलिबल लिग जेठ ८ देखि पोखरामा हुने

२६ वैशाख, काठमाडौं। नेपाल भलिबल संघको आयोजनामा नवौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग आउँदो जेठ ८ देखि सुरु हुने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ८ देखि १५ सम्म पोखरामा लिग हुने जानकारी गराएको हो ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ८ तथा महिलातर्फ ६ टिमहरूको सहभागिता रहनेछ। पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब सहभागी हुनेछन्।

महिलातर्फ नेपाल प्रहरी क्लब, एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रत्येक टिमले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछन्। महिला तथा पुरुष दुवै तर्फका विजेता टिमलाई ८ लाख, उपविजेतालाई ४ लाख र तेस्रोलाई ६ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५०,००० रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५,००० रुपैयाँ पुरस्कार पाउने छन्।

पोखरा उपत्यका बाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभर प्रति खेलाडी १,२०० रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । खेलाडीहरूका लागि दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ रहनेछ।

यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् । महिलातर्फको काभा नेपालमै हुँदैछ भने पुरुषको माल्दिभ्समा हुनेछ ।

एनभीए भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय