Comments Add Comment

सागर पुन ६ महिना मैदान बाहिर

६ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सागर पुन करिब ६ महिना मैदान बाहिर रहने भएका छन् ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायरमा ललितपुरविरुद्धको खेलमा घाइतेभएपछि उनले खेल गुमाएका थिए । उनको दाहिने खुट्टाको गोली गाँठोको शल्यक्रिया गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले उपचारपछि सामाजिक सञ्जाल फेसबुकमा करिब ६-७ महिना सागर पुन मैदान बाहिर नै रहने जानकारी दिएका हुन् ।

सागरको टिम ईपीएलमा क्वालिफायर राउण्डबाट बाहिरिएको थियो । पहिलो क्वालिफायर राउण्डमा ललितपुर प्याट्रिएटसविरुद्ध एक विकेटले पराजित हुदै दोस्रो क्वालिफायर खेलेको काठमाडौं त्यो खेलमा पनि भैरहवा ग्लाडिएटर्ससँग पराजित भएको थियो । सागरले भने भैरहवाविरुद्धको खेल पनि गुमाएका थिए ।

नेपाली राष्ट्रिय टिममा लामो समयदेखि खेलेका उनी पछिल्लो समयमा भने खराब फर्मका कारण टिममा अटाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment