Comments Add Comment

युनाइटेडको स्थायी प्रशिक्षक बन्ने सोल्सायरको इच्छा

६ पुस, काठमाडौं । म्यानचेष्टर युनाइटेडका अन्तरिम प्रशिक्षक गुनर सोल्सायरले स्थायी प्रशिक्षक हुने रुची देखाएका छन् । तर यसबारे छलफल नभएको उनले प्रष्ट पारे ।

जोसे माउरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडले बाँकी सिजनका लागि पूर्व स्ट्राइकर सोल्सायरलाई अन्तरिम प्रशिक्षक बनाएको छ । उनले नर्वेजियन क्लब मोल्डेसँग अर्को सिजन प्रशिक्षकमा फर्कने सम्झौता समेत गरेका छन् ।

‘मलाई थाहा छ कि यहाँ धेरै प्रशिक्षक छन्, जो म्यानचेष्टर युनाइटेडमा आउन चाहन्छन्, उनले भने, ‘उनीहरुमध्ये म पनि एक हुँ ।’

‘जब मलाई खेलाडीका रुपमा अनबन्ध गर्न फोन आयो, मैले दोस्रोपटक सोच्दै सोचिनँ,’ उनले भनेका छन्, ‘अहिले क्लबका लागि केही महिना मद्दत गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो ।’

उनी प्रशिक्षक बन्दा युनाइटेड प्रिमियर लिगको छैटौं स्थानमा छ र चौथो स्थानमा रहेको चेल्सीभन्दा ११ र लिग लिडर लिभरपुलभन्दा १९ अंकले पछाडि परेको छ ।

शीर्ष चारमा लिग अन्त्य गर्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘खेलाडीहरुले मेरो स्पिरिटलाई बुझुन् भन्ने चाहन्छु । त्यसपछि हामीले कति अंक जोड्न सक्छौं हेरौंला ।’

‘यो क्लबले यसअघि धेरै अंक बटुलेको छ तर, यो लक्ष्य म भेट्टाउन गइरहेको छैन,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment