Comments Add Comment

कुनै रोकतोक नहुँदा पनि सरकारले फड्को पार्न सकेन : रामचन्द्र पौडेल

१० पुस, काभ्रेपलाञ्चोक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् । मंगलबार बनेपामा रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए ।

‘दुई तिहाईको सरकार छ, उसलाई यो अवसर र मौका पनि हो’  उनले भने । पौडेलले सरकारले गति लिन नसकेको आरोप लगाए । उनले भने ‘सरकारलाई कसैको विरोध नहुँदा किन काम गरिरहेको छैन, कुहिरोको कागझैं भएको छ ।’

नेता पौडेलले सरकारले संविधानअनुसार वित्तीय आयोग नबनाएको गुनासो गरे । उनले भने ‘वित्तीय आयोग बनाएर स्थानीय तहको अनुगमन, मूल्याङ्कन गर्नुपर्छ ।’ नेता पौडेलले कांग्रेसले महासमिति बैठकका बेला नमूना विधान बनाएको पनि दावी गरे । ‘तलदेखि माथिल्लो निकायसम्म निर्वाचनमा जाने हाम्रो विधानको प्रमुख पाटो हो, यसबाट अरुले सिक्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment