Comments Add Comment

स्वरोजगार हुने खालको शिक्षा प्रणाली चाहिन्छ : राष्ट्रपति भण्डारी

१९ पुस, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले देशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अंगाल्नुपर्ने बताएकी छिन् ।

युवा शक्ति विदेश पलायन हुने अनि स्वदेशमै दक्ष जनशक्तिको अभाव भएको भन्दै उनले युगको माग र आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली चाहिने बताएकी हुन् ।

पूवाञ्चल विश्वविद्यालयको रजत जयन्ती समारोहमा राष्ट्रपति भण्डारीले ऋण बोकेर रोजगारी र पढ्नका लागि विदेश जाने प्रवृत्ति अन्त्य गर्न जरुरी रहेको बताइन् । उनले आफ्नै देशमा खपत हुनेखालको जनशक्ति उत्पादन गर्न पूर्वाञ्चल विश्वबिद्यालयलाई सुझाव दिइन् ।

अन्नको भण्डारको रुपमा प्रख्यात पूर्वाञ्चलमा अब कृषिको बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने ठोस परिवर्तन ल्याउन सकिने उनको तर्क छ । आफू उच्चतहमा पुग्न पूर्वको देन रहेको बताउँदै राष्ट्रपति भण्डारीले आवश्यक छलफल र सहयोग गर्न आफू तयार रहेको बताइन् ।

विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय सामान्य ढंगले चलेर अबको आवश्यकता धान्न नसक्ने बताए ।

उनले पूर्वमा उत्पादन हुने अदुवा, अलैंची, अम्लिसो लगायतका कृषि उत्पादनलाई व्यवस्थापन प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालय २५ वर्ष पुगेको अवसरमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, विराटनगर महानगरपालिकाका पूर्वमेयर अशोक कोइराला, पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. द्रोणनारायण लाललाई मरणोपरान्त तथा पूर्वउपकुलपति तुलबहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्वप्रमुख कृष्ण पोखरेललाई राष्ट्रपतिद्वारा सम्मान गरिएको छ । कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले रजत स्तम्भ पनि उद्घाटन गरेकी थिइ्न् ।

२०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालय अन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । विश्विद्यालयमा ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु, संचालन भइरहेका छन् ।

९ वटा आंगिक एवं १ सय २१ वटा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको उपकुलपति दासले बताए । कार्यक्रममा पूर्वाञ्चल विश्व विधालयको तर्फबाट राष्ट्रपति भण्डारीलाई अभिनन्दन समत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment