Comments Add Comment

सांसदले उठाएका प्रश्नको जवाफ नदिई सरकार कतै भाग्दैन : देवेन्द्र पौडेल

२३ पुस, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ नदिएर सरकार कतै नभाग्ने बताएका छन् ।

२५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउने प्रश्नको जवाफ दिने स्पष्ट पार्दै पौडेलले भने, ‘सरकार जवाफ नदिइ भाग्दैन । सरकारले दृढतापूर्वक सांसदले उठाएको प्रश्न फेस गर्छ । प्रधानमन्त्रीज्यूले जवाफ दिनुहुन्छ ।’

रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले सांसदले उठाएको प्रश्न प्रधानमन्त्रीले मात्र नभइ सम्बन्धित मन्त्रीहरु पनि दिने बताए ।

प्रमुख प्रतिपक्षी दलले संसदमा बोल्नै नदिएको भनेर बिरोधका लागि बिरोध मात्रै गरेको भन्दै सभामुख कृष्णबहादुर महराले संसदमा कुनै निरंकुशता नलादेको बताए ।

यही पुस २५ गते नियमसंगत ढंगबाट सदन चल्ने नेता पौडेलले दावीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment