Comments Add Comment

नेपाललाई चौथो झड्का, सन्दीप जोरा आउट

१४ माघ, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा यूएईले दिएको २५५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको होृ । सन्दीप १९ रनमा बाउन्ड्री लाइनमा क्याच आउट भए । यसअघि नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्रले ६ रन बनाएर आउट भए ।

नेपालका ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका थिए । त्यस्तै, विनोद भण्डारी ९ रनमा आउट भए ।

२६ ओभरको खेल चलिरहदा नेपालको स्कोर चार विकेटको क्षतिमा १३१ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको हो । यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment