Comments Add Comment

श्रीलंकाविरुद्धको सिरिज अष्ट्रेलियालाई

१८ माघ, काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टेष्ट क्रिकेट सिरिज घरेलु टोली अष्ट्रेलियाले जितेको छ ।

दोस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ३६६ रनले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले सिरिज २–० ले जितेको हो ।

५१६ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले आफ्नो दोस्रो पारीमा १४९ रन मात्रै बनाउन सक्यो । श्रीलंकाका कुनै पनि खेलाडीले उच्च रन बनाउन सकेनन् । श्रीलंकाका कुशल मेन्दिस ४२ र लाहिरु थिरिमानेले ३० रन बनाए । श्रीलंकालाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले पाँच विकेट लिए ।

यसअघि पनि श्रीलंकाले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा २१५ रन मात्रै बनाउन सकेको थियो । तर टस जितेर यसअघि आफ्नो पहिलो पारीको ब्याटिङ थालेको अष्ट्रेलियाले पाँच विकेटको क्षतिमा ५३४ रन बनाएपछि पारीको समाप्तिको घोषणा गरेको थियो ।

अष्ट्रेलियाका तीन जना खेलाडीले शतकसहित उच्च स्कोर बनाएका थिए । ओपनर ब्याट्सम्यान जोइ बुर्नस १८० रन बनाए । त्यस्तै, ट्राभिस हेडले १६१ रन बनाएर आउट भए । कुर्तिस पिटरसन ११४ रनमा अविजित रहे ।

त्यस्तै, श्रीलंकालाई सस्तैमा समेटेर आफ्नो दोस्रो पारी थालेको अष्ट्रेलियाले तीन विकेटको क्षतिमा १९६ रन बनाएपछि दोस्रो पारी समाप्तिको घोषणा गरेको थियो । दोस्रो पारीमा अष्ट्रेलियाका उम्मान खवाजा १०१ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment