+
+
Shares

अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग !

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २ गते २०:१३

२ फागुन, काठमाडौं । घुसकाण्डमा मुछिएको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाइने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका हुन् । ‘राजिनामा नदिए शुक्रबार महाअभियोग दर्ता हुनसक्छ’, स्रोतले अनलाइनखबरसँग भने ।

संसदको शिक्षा समितिका सदस्य समेत रहेका सांसद योगेश भट्टराईले पनि आयुक्त पाठकले राजिनामा दिनुपर्ने र उनीमाथि छानविन हुने प्रतिक्रिया दिए । भट्टराई भन्छन्, ‘राजिनामा दिनु भएनन् भने महाअभियोगको बाटो त छँदैछ ।’

भट्टराई संयोजक रहेको संसदीय उपसमितिले नेपाल इन्जिनियरिङ कलेजबारे अध्ययन गरेको थियो ।

अभियोग प्रमाणित भए ‘इफ एण्ड बट’ हुँदैनः बास्कोटा

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले पाठकमाथि लागेको आरोप प्रमाणित भए सोही अनुसार निर्णय हुने बताए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले भने, ‘त्यो प्रकरण प्रम्ााणित भए इफ एण्ड बट रहँदैन ।’

महाअभियोग लगाउने तयारी हो भन्ने प्रश्नमा उनले भने, ‘यस्तो ठाउँको यस्तो विषय उठेको छ । स्वभाविक रुपमा अन्तिम रुपमा कसरी आउँछ, त्यसका आधारमा निर्णय भइहाल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?