News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
- सेवा प्रवेश र बढुवाका लागि पेस गरिएको भट्टराईको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाको प्रविणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ।
- आयोगका अनुसार सोही नक्कली प्रमाणपत्रका आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए।
१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।
सेवा प्रवेश गर्दा र बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी उनीविरुद्ध परेको थियो ।
उजुरीका आधारमा अनुसन्धान हुँदा भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रमाणपत्र जारी गर्ने निकायले दिएको सूचना अनुसार भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।
प्रतिक्रिया 4