+
+

महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त राजनारायणद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३ गते १४:११

३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका हुन् ।स्रोतका अनुसार पाठकले राजीनामा दिए पनि उनी भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था भने छैन ।

अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । तर, पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिएका छन् ।

तर, यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ । राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।

संवैधानिक पदाधिकारीहरुमाथि अख्तियारले कारवाही चलाउन नसकेपछि पूर्वपदाधिकारी माथि कारबाही गर्ने अधिकार अख्तियारसँग मौजुद छ ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

शुक्रबार नै महाअभियोग दर्ता गर्ने नेकपाका सांसदहरूको तयारी थियो ।

यो पनि पढ्नुहोस्

तीनकुनेमा अख्तियार आयुक्तको घुस अखडा, निजामती कर्मचारी राखेर मोलमोलाइ !

अख्तियारका आयुक्त पाठकले राजीनामा नदिए महाअभियोग !

पाठकलाई महाभियोग लगाऊ 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?