+
+
Shares

नियन्त्रण रेखामा भारतले फेरि गर्‍यो आक्रमण, ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते ८:५८

१५ फागुन, काठमाडौं । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको छ । यो आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । आक्रमण केही घाइते भएका छन् ।

भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् ।

भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ । यस आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?