Comments Add Comment

संयम अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह

१५ फागुन, काठमाडौं । छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित छ । उक्त घृणित कार्यको हामीले निन्दा गरिसकेका छौं । सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ ।’

दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह गरेको छ । ‘तनावलाई कम गरेर स्थिति सामान्यीकरण गर्न वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment