Comments Add Comment

सीसी क्यामरा जडानका लागि काठमाडौं महानगरले दियो तीन करोड

१६ फागुन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगरभित्रका क्षेत्रमा सीसी क्यामरा जडान गर्न महानगरीय प्रहरी परिसरलाई ३ करोड रुपैयाँ दिएको छ ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले परिसरलाई चेक हस्तान्तरण गरे ।

महानगर क्षेत्रभित्रको शहरी सुव्यवस्थापन, शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदुषण न्यूनीकरण, रात्रिकालीन आवागमन व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण गर्नका लागि हस्ताक्षर गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार गत माघ २५ गते बसेको नगर कार्यपालिकाको बैठकले परिसरलाई सीसी क्यामरा जडानका लागि सघाउने निर्णय गरेको थियो । चालु आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा महानगरपालिकाले सीसी क्यामरा जडानका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।

महानगरको भौगोलिक क्षेत्रभित्र सिसी क्यामरा जडान गर्ने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिनेछ । स्थानहरु यकिन गर्दा दुवै पक्षको नीति र आवश्यकताअनुसार गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

क्यामेरा जडान भएसँगै यसअघि हुने गरेका घटनामा कमी ल्याउन र दोषी किटान गरी कारवाहीको प्रक्रिया अघि बढाउन सहयोग पुग्ने काठमाडौं महानगरपालिकाको विश्वास छ । विश्वास कामपाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment