Comments Add Comment

अजहर मसुदका भाइसहित तीन दर्जन कट्टरपन्थी पाकिस्तानमा पक्राउ

२१ फागुन, काठमाडौं । पाकिस्तानले चरमपन्थी संगठन जैस ए मोहम्मदका संस्थापक मसुद अजहरका भाइसमेत करिब तीन दर्जन व्यक्तिहरुलाई हिरासतमा लिएको छ । पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताले यो जानकारी दिएका हुन् ।

पक्राउ परेका ४४ जनामा मसुद अजहरका भाई मुफ्ती अब्दुर रउफका साथै नातेदार हम्मद अजहर पनि छन् । गृह मन्त्रालयका अनुसार अनुसन्धानका लागि उनीहरुलाई हिरासतमा लिइएको हो । जैस ए मोहम्मदले भारत प्रशासित कश्मिरको पुलवामामा भएको आतंकवादी आक्रमणको जिम्मेवारी दिएको थियो । यो आक्रमणमा ४० जनाभन्दा बढि मारिएका थिए ।

भारतले पाकिस्तानलाई उक्त आक्रमणमा संलग्न रहेको आशंका गरिएका आतंकवादीहरुको सुची उपलब्ध गराएको थियो । पक्राउ पर्नेमध्ये केही भारतले दिएको सुचीमा रहेका व्यक्तिहरु पनि छन् ।

बीबीसीका संवाददाताले पाकिस्तानको गृह मन्त्रालयका सचिव आजम सुलेमानसँग यस विषयमा प्रश्न गर्दा उनले भने, ‘हो, भारतले नाम दिएका केही व्यक्तिहरु पनि परेका छन् । यदि उनीहरुका विरुद्ध कुनै प्रमाण भेटिएमा कारवाही हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment