
३ चैत, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयसेवक संघ -आरएसएस) का एक नेताले सन् २०२५ सम्ममा छिमेकी देश पाकिस्तान भारतमा गाभिने बताएका छन् ।
आरएसएसका राष्ट्रिय कार्यकारी सदस्य इन्द्रेश कुमारले एक कार्यक्रममा बोल्दै पाँच-सात वर्षभित्र भारतीयहरूले पाकिस्तानको कराँची, लाहोर, रावलपिन्डी, सैलकोटमा घर किन्ने र बिजनेस गर्न पाउने बताएका हुन ।
‘१९४७ भन्दा पहिला पाकिस्तान थिएन, तर हिन्दुस्तान भने १९४५ भन्दा पहिला नै थियो, २०२५ पछि फेरि पाकिस्तान हिन्दुस्तान हुनेवाला छ’, इन्डियन एक्सप्रेसमा इन्द्रेश कुमारले भनेका छन् । बंगलादेश सरकार पनि यही कुराको पक्षमा रहेको उनको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4