Comments Add Comment

रकेट लन्च गर्ने क्षेत्र पुनर्निर्माणमा जुटे किम जोङ उन, अमेरिका झस्कियो

काठमाडौं । उत्तर कोरियाले जुन रकेट लञ्च गर्ने सोहाई क्षेत्र नष्ट गर्ने बाचा गरेको थियो, त्यसलाई पुनः बनाउँदैछ । नयाँ स्याटलाइट तस्वीरले यही संकेत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भियतनम वार्ता असफल भएको दुई दिनपछि स्याटलाइन तस्वीर लिइएको हो । टोङचाङ-री क्षेत्रमा निर्माणको काम भइरहेको तस्वीरमा देखिएको विश्लेषकहरु बताउँछन् ।

बीबीसीका अनुसार टोङचाङ-री क्षेत्र स्याटलाइट लञ्च र इन्जिन टेस्टिङकाका लागि प्रयोग हुने गरेको थियो । तर, यहाँबाट कुनै ब्यालेस्टिक मिसाइल परीक्षण गरिएको छैन ।

झस्कियो अमेरिका

उत्तर कोरियाको यो कदमबाट अमेरिका झस्किएको छ ।

यसैबीच अमेरिकाले उत्तर कोरियालाई यदि आण्विक निसष्त्रिकरणतर्फ अगाडि नबढे अरु नयाँ प्रतिवन्धका लागि तयार रहन चेतावनी दिएको छ । अमेरिकी र दक्षिण कोरियाली इन्टलीजेन्सद्वारा प्राप्त भएका स्याटेलाइट तस्वीरहरुले यो क्षेत्रको पुनर्निमाणमा तिव्र प्रगति भइरहेको देखिन्छ ।

सन् २०१२ देखि सोहाई उत्तर कोरियाको प्रमुख भू उपग्रह प्रक्षेपण सुविधाका रुपमा रहेको छ । यसलाई अमेरिकासम्म पुग्ने मिसाइलका लागि परिक्षण यन्त्रका रुपमा समेत प्रयोग गरिएको थियो । तर, यसमा अहिलेसम्म ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment