Comments Add Comment

यामाहा एक्सटीजी १२५ अब नेपालमा

२३ फागुन, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।

‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलो पटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो । नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

‘नेपालमा अफरोड सेग्मेन्टको उल्लेखनीय विस्तार भइरहेको छ । हामी यामाहा लाइनअपमा अफरोड मोटरसाइकललाई पनि ल्याउन चाहन्थ्यौं । हामीलाई विश्वास छ यामाहा एक्सटीजी १२५ सबैभन्दा उत्तम विकल्प हो,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भनेे, ‘हामीलाई आशा छ नयाँ मोटरसाइकलले नेपाली बजारमा यामाहाको अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्नेछ ।’

यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन रहेको छ जसले ७५०० आरपीएमा अधिकतम १०.२ पीएस पावर र ५५०० आरपीएममा अधिकतम ९.९ एनएम टर्क उत्पन्न गर्छ । यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कलिङ सिस्टम र इलेक्टि्रक तथा किक स्टार्ट उपलब्ध छ । एक्सटीजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ जसले गर्दा तपाईं लामो अफरोड यात्रामा निस्कन सहज बनाउँछ । नयाँ एक्सटीजी ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक कलरमा उपलब्ध हुनेछ ।

एक सय १८ केजी वजन भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लेरेन्स २६० एमएम छ जसले ढुंगा, खोला र अफरोड बाटोको यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ । त्यसैगरी, सिट हाइट ८४० एमएम रहेको छ । यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ भने पछाडि मानोक्रस सस्पेन्सन रहकेोछ । अगाडिको ह्विल २१ इन्चको छ भने पछाडिको १८ इन्चको रहेको छ । दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट रहेको छ जसले अफरोड यात्रालाई आरामदायी बनाइदिन्छ ।

एक्सटीजी १२५ मा सेमी-रग्ड टायर, हेलोजिन हेडल्याम्प,फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानेल रहेका छन् । साथै, यसमा अन्डरसाइड कभर रहेको छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ । राइडरको सहजताका लागि यसमा स्पिडोमिटर र टि्रप मिटरसहितको इन्स्ट्रयुमेन्ट प्यानल, चौडा र बाक्लो कुसन सिट र पछाडि कार्गो बक्स वा अन्य सामान बोक्न मिल्ने गरी बलियो क्यारियर पनि जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment