Comments Add Comment

महिला साफ : पहिलो हाफसम्म भुटानविरुद्ध नेपाल २-० गोलले अघि

२८ फागन, विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा नेपालले भुटानविरुद्ध पहिलो हाफसम्म २-० गोलको अग्रता बनाएको छ ।

एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि गोल गर्न नसक्दा २-० गोलको अग्रता बनाएको हो ।

नेपालले खेलको १३औं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता बनाएको थियो । नेपालका लागि मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । त्यस्तै, खेलको १६औं मिनेटमा नै नेपालले अर्को गोल गर्न सफल भयो ।

यो पटक सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाइन् । योसँगै सावित्राले २३औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment