Comments Add Comment

लुम्बिनी खुकुरीले जित्यो रुपन्देही सुपर लिगको उपाधि

बुटवल । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले जितेको छ ।

शनिबार सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल भिडन्तमा खुकुरीले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गगर्दै उपाधि रक्षा गरेको हो । जितसँगै खुकुरीलेे ७५ हजार पाएको छ भने शिवशक्तिले ३५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

जितका लागि शिवशक्तिबाट पाएको ९० रनको झिनो लक्ष्य खुकुरीले १४.१ ओभरमा १ विकेट क्षतिमा ९५ रन बबनाउँदै पुरा गरेको थियो । उसका लागि शंकर रानाले नटआउट ५१ र अन्तिम थापाले नटआउट ३३ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । उसका लागि हरजित सिंहले नटआउट ४३ र कृष्ण कार्कीले १५ रन बनाए । बलिङमा खुकुरीका साहव आलमले ५ तथा रमेश कुर्मीले ३ विकेट लिए । साहव म्यान अफ द फाइनल घोषित भए ।

खुकुरीका शंकर राना म्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान घोषित भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । वेस्टर्न क्रिकेट क्लब बुटवलका विक्रम सोब बेष्ट बलर घोषित भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन ६ गतेदेखि संचालित प्रतियोगितामा जिल्लाका ए र बी डिभिजनका २० टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment