Comments Add Comment

करिश्मा विजय स्मारक माविबाट एसईईमा सहभागी

Photo Credit : शंकर गिरी/अनलाइनखबर । एसईई परीक्षामा सहभागी हुनुअघि आफ्नो प्रवेशपत्र देखाउँदै नायिक करिश्मा मानन्धर ।

१० चैत, काठमाडौं । आजबाट सुरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् ।

उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।

१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्ममा आएकी थिइन् उनी । पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेपछि उनलाई पढाइको अभाव खट्कियो । त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् । उमेरले उनी अहिले ४५ वर्ष पुगेकी छन् ।

एसईईको तयारी गर्नुपर्ने भएकाले उनी फागू पूर्णिमामा होली खेल्ने कार्यक्रम पनि त्यागेकी थिइन् । म्याथ र अकाउन्टको ट्यूसन समेत पढेकी उनले उनले यीनै दुई विषयमा बढी अंक ल्याउने अपेक्षा गरेको बताइन् । तर, उनलाई गाह्रो लाग्ने विषयचाहिँ विज्ञान हो ।

‘एसईईमा मेरा लागि साइन्स नै सबैभन्दा च्यालेन्जिङ हुने वाला छ,’ करिश्माले भनिन्, ‘किन–किन मलाई यो साइन्समा इन्ट्रेस्ट नै लाग्दैन ।’

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
यो पनि पढ्नुहोस फागु पर्व हापेकी करिश्मा यसरी गर्दैछिन् एसईईको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment