Comments Add Comment

ज्यान मार्ने धम्की दिनेसँग स्थानीय नेताको सम्पर्क देखिएको लिङ्देनको खुलासा

Photo Credit : प्रदीप परियार

२७ चैत, काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको स्थानीय राजनीतिक नेतासँग पनि कनेक्सन देखिएको खुलासा गरेका छन् । एक सातादेखि अज्ञात व्यक्तिले ज्यान मार्न सुपारी लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेर उनले राजनीतिक कनेक्सन देखिएको दाबी गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनामा संलग्न भएको आरोपमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदिप रोकालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये लिङ्देनलाई धम्क्याउने तिलकदास हुन् ।

अनुसन्धान अधिकारीलाई उदृत गर्दै लिङ्देनले भने, ‘अनुसन्धानका क्रममा तिलकदासले मलाई धम्क्याउन प्रयोग गरेको सीमबाट दुई/तीन वटा नम्बरमा सम्पर्क भएको देखियो । त्यसपछि एक जना मैले चिनेकै मेरै निर्वाचन क्षेत्रका राजनीतिक व्यक्ति हुन् ।’ यद्यपि, ती व्यक्ति को हुन् भन्ने बारे उनले खुलाएनन् ।

यो पनि पढ्नुहोस ‘तँलाई मार्न ५० लाखको सुपारी दिएको छु’ भन्दै सांसदलाई फोन आएपछि…

‘अनुसन्धानकै क्रममा रहेकाले त्यो चाहिँ अहिले नभनौं’, उनले भने, ‘तिलकको सम्पर्कमा भएका अर्का व्यक्ति पनि मेरो चिनजानकै व्यक्ति थिए । उनी अपराधिक क्रियाकलापमा संलग्न भएर छुटेका व्यक्ति हुन् ।’

उनीहरुलाई पहिले पक्राउ गर्दा आफूलाई त्यस्तै धम्की आएको बताएर पन्छिन सक्ने हुनाले पहिले प्रदीपलाई नै पक्राउ गरिएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment