+
+
Shares

कुटपीटबाट दाइको मृत्यु, भाइ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १२:५१

२७ चैत, बारा . आफ्नै दाजुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बकैया गाउँपालिका-२ तीन थुम्के बस्ने ४४ वर्षीय सानु लामालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका उनका ५३ वर्षीय छेगु लामा दोङलाई उपचारको लागि निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भाइ सानुलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?