Comments Add Comment

पक्राउ परेका अभियुक्त अस्पतालबाट फरार भएपछि …

२८ चैत, वीरगञ्ज । पर्साको पोखरीया अस्पतालबाट एकजना अभियुक्त फरार भएका छन् । पोखरिया नगरपालिका-२ लम्हरिया टोलका विदया पासवान फरार भएका हुन् ।

सार्वजनिक मुद्धामा अनुसन्धानका लागि प्रहरीले चैत २६ गते उनलाई पक्राउ गरेको थियो ।

स्वास्थ्य परीक्षणका लागि पोखरीया अस्पताल लैजाँदा प्रहरीको आँखा छलेर उनी भागे । अस्पतालबाट नै अभियुक्त फरार भएपछि प्रहरी तनावमा परेको थियो । पछि प्रहरीले राति नै पासवानलाई बहुअर्वाभाठाबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया स्रोतका अनुसार २ जना प्रहरीको आँखा छलेर पासवान अर्को गेटबाट भागेका थिए । प्रहरीले रातभरी खोजेरे बिन्दबासिनी गाउँपालिकाकाको बहुअर्वाभाठाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले भने अस्पतालबाट भागेको केहीबेरमै पासवानलाई पक्राउ गरिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment