२८ चैत, चितवन । पूर्वी चितवनको रत्ननगरमा भएको अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको उपाधी नेपाल पुलिसले जितेको छ ।
पुलिसले नेपाल आर्मीलाई पहिलो सेटमा १८–२५, २५–२३, २५–१८ र २५–११ को सेटमा जितेर उपधी हात पारेको हो । उपाधी विजेता नेपाल पुलिसले ३ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता नेपाल आर्मीले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लवका रविन चन्द घोषित हुँदा उत्कृष्ट स्पाईकर नेपाल आर्मीका धनबहादुर भट्ट, उत्कृष्ट सेटर नेपाल पुलिसका हेमबहादुर मगर, उत्कृष्ट डिफेन्डरमा नेपाल पुलिसका भीम गाहा मगर, उत्कृष्ट व्लकरमा नेपाल आर्मीका हरि अधिकारी र उत्कृष्ट प्रशिक्षकमा नेपाल पुलिसका चन्द्र कुँवर घोषित भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4