फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
- गाउँपालिका–४ पातीखोलाको बहाव बढेर सडकमा पानी आएपछि आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ।
९ असोज, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
शुक्रबार बिहान करिब ७ः४० बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
यस्तै, गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढ्दा सडकमा पानी आएर आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।
बाटो अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।
सडक अवरोधका कारण सवारीसाधन होल्डमा नरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरोध हटाउने तथा सडकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4