Comments Add Comment

युएईमा ४४ जनाले लिए एनआरएन सदस्यता कार्ड

आइसीसीमा २५ सय सदस्य

युएई । युएईस्थित नेपाली दूतावासमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सदस्यता कार्ड लिएका छन्।

यो अहिलेसम्म सदस्यता लिनेहरुको तथ्याङ्क हो। तीनजना महिलासहित ४४ जनाले सदस्यता लिएको नेपाली दूतावास आबुधाबीकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिइन् ।

आर्थिक वर्ष ०७३/७४ मा १ महिलासहित ११ जना पुरुष, ०७४/७५ मा २ महिलासहित ११ जना र ०७५/७६ को हालसम्म गरी ४४ जनाले एनआरएनए सदस्यता लिएको दूतावासको तथ्यांक छ ।

यीमध्ये हालसम्म ११ जनाले सदस्यता नवीकरण गरेका छन् । अघिल्लो वर्ष ४ जनाले मात्र नवीकरण गरेका थिए। धेरैले नवीकरण गरेका छैनन् । २७० दिराम (५० डलर) शुल्क तिरेर एनआरएन कार्ड लिन सकिने र दुई-दुई वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

युएईमा धेरैजसो व्यवसायीहरुले एनएआरएन कार्ड लिने गरेका छन् । उनीहरुले यहाँ व्यवसाय सञ्चालनका लागि नेपालबाट आर्थिक कारोबार गर्न र पैसा ल्याउन सहज हुने भएकाले एनआरएन कार्ड प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय समन्वय परिषदमा २५ सय सदस्य

राष्ट्रिय समन्वय परिषदमार्फत एनआरएन युएईको सदस्यता लिनेको संख्या भने धेरै रहेको छ।

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार आइसिसीको विधानमा रही हालसम्म २५ सय जनाले एनआरएनको सदस्यता लिएका छन्। यसमा १५ प्रतिशत महिला सदस्य छन् ।

वैदेशिक रोजगारमा महिलाको संख्या थोरै भएको तथा खाडी मुलुकमा घरेलु कामदारका रुपमा धेरै महिला रहेका कारण पनि एनआरएनमा महिला सहभागीता न्युन रहेको श्रेष्ठ बताँउछन् ।

युएईमा सन् २००५ मा एनआरएन गठन भएको हो । अहिले भने यहाँको सरकारी निकायमार्फत नेपाली एशोसिएसन नाम संस्थाका रुपमा यसले कानुनी मान्यता पाएको छ ।

एनआरएन आइसीसीको विधानमा सार्क मुलुकभन्दा बाहिरका देशमा दुई वर्षभन्दा धेरै समय बस्नेलाई सदस्यता प्रदान गर्न सक्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment