+

नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई

२०७६ वैशाख  ११ गते १४:२२ २०७६ वैशाख ११ गते १४:२२
नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशलाई

११ वैशाख, बाँके । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशले खेलकुदको कुम्भ २०७७ सालको फागुन २० देखि २७ गतेसम्म विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी जिम्मा दिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।

राखेपले बुधबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश पाँचले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।

राखेपका सदस्यसचिव विष्टले भने, ‘यो निर्णय सातौं हुदा खेरी कै हो । त्यती बेला नै नवौंको आयोजना गर्न गण्डकी प्रदेशलाई दिने कुरा भएको थियो ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय