Comments Add Comment

वडाध्यक्षको तलबभत्ताले सुत्केरीलाई पोषण

१९ वैशाख, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका एकजना वडाध्यक्षले आफ्नो तलवभत्ता सुत्केरी आमाहरुलाई खर्चिने भएका छन् ।वडानम्बर ६ का अध्यक्ष खड्कबहादुर खड्काले आफ्नो तलव भत्ताबाट सुत्केरी आमाहरुलाई पोषण खर्च उपलब्ध गराएका हुन् ।

आफ्नो कार्यकालभर वडाभित्रका हरेक सुत्केरीलाई एकहजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने वडा अध्यक्ष खड्काले बताए ।

पोषण खर्च कुर्घा स्वास्थ्य चौकीबाट उपलब्ध गराइने छ । जसको लागि १० हजार रुपैयाँ पेश्कीस्वरुप प्राप्त भैसकेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिए ।

वडाध्यक्ष खड्काले गरिबीबाट पिल्सीएका परिवारमा राहत होस् भनेर सुत्केरी पोषण कार्यक्रम सुरु गरेको बताए । खड्काले तलव भत्ता सामाजिक क्षेत्रमै खर्च गर्ने चुनावी बाचा पूरा गर्ने र आवश्यकताका आधारमा थप कार्यक्रम पनि संचालन गर्ने बताए ।

खड्काको कामले घरमै सुत्केरी गराउने संख्यालाई शून्य बनाउन सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख जिसीले बताए ।

मुसिकोट नगरपालिकाले मातृशिशु मृत्य शून्य गराउन नगरपालिका भर गर्भवती र सुत्केरी महिलाको लागि ६ ओटा एम्बुलेन्समार्फत निःशुल्क सेवा सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment