+
+
Shares

पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड बजेट आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १९ गते १७:५४

१९ वैशाख, काभ्रे । वि.स.०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको पलाञ्चोक भगवतीको पुनर्निर्माणका लागि ५ करोड माग गरिएको छ ।

भूकम्पपछि पुरातत्व विभागले २ करोड ५२ लाख रकम विनियोजन गरेर काम सम्पन्न भएको बताइए पनि पूर्णरुपमा पुनर्निर्माणका लागि अझै ५ करोड रकम आवश्यक हुने मन्दिर विकास समितिका कोषाध्यक्ष रामशरण रेग्मीले बताए ।

पुरातत्व विभागले उपलब्ध गराएको रकमले मन्दिरको मुख्यद्धार दुईतर्फको सतल, मन्दिर घर निमार्ण गरिएको छ । ‘पलाञ्चोक भगवतीमा पार्टी दुईतर्फको सतल, पार्किङ स्थलको निमार्ण अझै हुन सकेको छैन्,’ रेग्मीले भने, ‘अब विभागले फेरि सहयोग गर्ने अपेक्षा लिएका छौं ।’

बिहीबार सम्पन्न भएको मन्दिर घरमा गजुर राख्नका लागि गरिएको कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीेले मन्दिरको निमार्णका लागि सरकारले आˆनो तर्फबाट योजनाका साथ अगाडि बढेको बताए ।

उनले पुरातत्व महत्वका मठमन्दिरको पुनर्निर्माणका लागि राज्य जिम्मेवारी ढंगले अगाडि बढेको स्पष्ट पारे ।

प्रदेश संासद लक्ष्मण लम्सालले पलाञ्चोक भगवतीको संरक्षण गर्दै यस क्षेत्रमा विकासका लागि सरकारलाई आफूले ध्यानाकर्षण गराइरहेको बताए ।

०७२ सालको भूकम्पका कारण पूर्णरुपमा क्षति भएको पलाञ्चोक मन्दिर लिच्छिविकाल भन्दा पहिले नै बनेको किम्बदन्ती रही आएको छ । यस मन्दिरमा बिहीबार तान्त्रिक विधि अनुसार गजुरको स्थापनासमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?