
१९ वैशाख, बुटवल । बालुवाटार जग्गा प्रकरण चर्चामा रहेकै बेला प्रदेश ५ को दाङमा जनताको जग्गा भूमाफिया र भूमिसुधार कार्यालयको मिलेमतोमा हडपिएको भन्दै छानबिन गर्नुपर्ने प्रदेशसभा सांसदले माग गरेका छन् ।
प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य अमरबहादुर डाागीले जग्गामा मोहियानी हक लाग्ने प्रावधान हटिसकेपनि भूमाफियाहरुले कर्मचारीहरुसाको मिलेमतोमा जग्गाधनीलाई थाहा नै नदिई मोही कायम गर्ने कार्य भैरहेको बताए ।
भूमाफियाहरुले जनताका जग्गा हडपेर घरबारबिहीन बनाउने काम भैरहेको भन्दै त्यसको उचित छानबिन गरी दोषिमाथि कार्बाही गर्नुपर्ने माग गरे ।
उनलले प्रदेश सरकार गठन भएपछि पनि किसान र आम जनताको जिवनस्तरमा सुधार आउन नसकेको भन्दै जनताको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरु ल्याउन माग गरे ।
सत्तारुढ दल नेकपाकै सांसद कुलप्रसाद पोखरेलले निर्वाचन क्षेत्रको विकास निर्माणमा स्थानीय तहहरुले प्रदेश सांसदहरुसाग समन्वय र सल्लाह लिनुपर्नेमा त्यसो नगरिएको गुनासो गरे ।
उनले विकास निर्माणमा प्रदेश सांसदहरुलाई भूमिकाविहीन बनाउन नहुने बताए ।
बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले भूमि व्यवस्थापन तथा भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि प्रदेशसभामा पटकपटक आवाज उठे पनि प्रदेश सरकारले कुनै जवाफ नदिएको गुनासो गरे ।
उनले चालु तेस्रो अधिवेशनबाटै भूमि व्यवस्थापन आयोग गठन गर्न माग गरे ।
चुनावमा भूमिहीन-सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउदै उनले तत्काल आयोग गठन गर्नुपर्नेमा जोड दिए ।
श्रेष्ठले सुशासन कायम गर्नेतर्फ सरकारको ध्यान जान नसकेकोमा चिन्ता व्यक्त गरे ।
प्रदेशसभाको बैठकले प्रदेश नं ५, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
त्यसैगरी प्रदेश मामिला तथा कानून समिति सभापति दामा कुमारी शर्माले प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक र गाउासभा/नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहीतको विधेयक पेश गरिन् ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले यसअघिका प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
प्रतिक्रिया 4