Comments Add Comment

‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफरका विजेताहरु घोषित

२२ वैशाख, काठमाडौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफर को विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र BUMPER LUCKY DRAW बाट २ जनालाई हुन्डाई i20 Active र हुन्डाई Creta जित्ने अवसर पाएका थिए ।

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफरको विजेताको घोषणा HIMALAYA TV मा Live लक्की ड्र मार्फत बैशाख २२ गते आईतबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल एवंम श्रृंखला खतिवडा, मिस नेपाल वल्र्ड २०१८ रहेका थिए ।

हुन्डाई फेसटिभ डिलाइट २०७५ अफर अनुरुप, १०–१० ग्राम सुन जित्नका लागी १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । सो अफरका १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment