Comments Add Comment

जुमानु र अनुलाई विशेष योगदान पुरस्कार

२२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यस वर्षको विशेष योगदान पुरस्कारबाट जुमानु राई र अनु लामालाई पुरस्कृत गरेको छ ।

आइतबार एन्फा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरुष फुटबल खेलाडी राई र महिला फुटबल खेलाडी लामालाई जनही १५ लाख रुपैयाँ पुरस्कार दिएको हो । उनीहरुलाई फुटबलमा विशेष योगदान गरेवापत यो पुरस्कार प्रदान गरिएको एन्फाले जनाएको छ ।

राष्ट्रिय टोलीका स्ट्राइकर राईले अन्तर्राष्ट्रिय खेलमा नेपाली टीमबाट ११ गोल गरेका छन् । त्यस्तै स्ट्राइकर अनु लामाले राष्ट्रिय टीमबाट ३५ गोल गरेकी छन्, जुन अहिलेसम्मकै सर्वाधिक हो । लामाले आइतबारदेखि नै सन्यास घोषणा गरेकी छन् ।

यो बर्षको उदीयमान खेलाडीको अवार्ड अभिषेक रिजाल र मञ्जलीकुमार योञ्जले प्राप्त गरे । उनीहरुले जनही १ लाख रुपैयाँ र मोटरसाइकल प्राप्त गरे । घरेलु फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएका अभिषेक र मञ्जलीले बर्षको उदयमान खेलाडी अवार्ड प्राप्त गरेका हुन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट भागिरथ आले सम्मानित भए । प्रशिक्षक भागिरथ आलेले राष्ट्रिय फुटबल टिमबाट खेल्ने धेरै खेलाडीलाई प्रशिक्षण दिएका छन् । यस्तै बर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धरले अवार्ड प्राप्त गरे ।

बर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्काले अवार्ड थापे । उनकै नेतृत्वमा नेपालले महिला साफमा फाइनल खेलेको थियो । अन्तर्राष्ट्रिय जगतमा खेल्ने उत्कृष्ट फुटबल खेलाडीहरु रोहित चन्द र किरणकुमार चेम्जोङ पनि सम्मानित भएका छन् । रोहितले इन्डोनेसियाको पर्सिजा जार्काता र किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायिक फुटबल खेलिरहेका छन् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment