Comments Add Comment

बालाजुमा डोजर चल्यो, विष्णुमति करिडोर खुला

२३ वैशाख, काठमाडौं । नयाँ बसपार्क पुलसँगैको अतिक्रमण हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर सडक अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आसासीय टहरा हटाइएको हो । योसँगै विष्णुमति करिडोर खुला भएको छ ।

यसले वालाजु, गंगोबु, समाखुशी लगायतका क्षेत्रमा हुने जाम लाई घटाउन सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

यस्तै लामो दूरीको वसलाई सहज हुनेछ । नयाँ बसपार्क गेट अगाडि पनि ट्राफिक जाम धैर कम हुने उनको भनाइ छ ।

कालीमाटी, वालाजु, नेपालटार, बाँनियाटार, टोखा, झोर लगायतका क्षेत्रमा जाने साना सवारीलाई पनि सजिलो हुनेछ ।

‘यो कोरीडोरको राम्रोसँग सुधार गरेर सञ्चालन गर्ने हो भने यो क्षेत्रको ५० प्रतिशत जाम कम हुन्छ,’ महासचिव सिटौलाले भने ।

पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनाधकीकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको  छ ।

नयाँ बसपार्कको व्यवस्थापनका लागि पनि काम थालिएको छ । काठमाडौं उपत्यकाभित्र जाम घटाउन कोरिडोर सडक र पुलमुनिको सडकलाई पनि स्तरोन्नति गर्ने योजना बनेको छ ।

त्यसै अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सडक सुधारको लागि समन्वायात्मक पहल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment